२४ बैशाख २०८१, सोमबार

अधिवक्तालाई न्यायाधीशको प्रश्न : संसद विघटनको सूचना राजपत्रमा प्रकाशित भएको छैन ?


संवैधानिक इजलास फाइल तस्वीर

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अधिवक्ताहरुले संसद विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना राजपत्रमा प्रकाशित नभएको विषय उठाएका छन् । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको विज्ञप्ति राजपत्रमा प्रकाशन भएको आफूले नदेखेको दावी गरे ।

बहस गर्ने क्रममा अधिवक्ता टीकाराम भट्टराईलाई न्यायाधीश अनिलकुमार सिन्हाले संसद विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्ने आएको छ हो भनी प्रश्न गर्दा भट्टराईले हो भनी भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !