२१ बैशाख २०८१, शुक्रबार

ऐन महरमाथि कारवाही, संयोजकवाट हटाएको रञ्जित तामाङको घोषणा


रञ्जित तामाङ

काठमाडौं । नेकपाको विवाद भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको समूहले संयोजक ऐन महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको छ । संगठनको बहुमतको निर्णयले संयोजक महरलाई कारबाही गरेको तामाङले शुक्रबार विज्ञप्ति जारी गरी जनाएका छन् ।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !