२४ बैशाख २०८१, सोमबार

संशोधित शिक्षा ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट


सर्वोच्च

कार्तिक २४, काठमाडौँ | आठौं संशोधनका प्रावधान नै लागू नगरी नवौं संशोधन गरी अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गरिने व्यवस्था गरेको भन्दै रिट दर्ता गरिएको हो ।
यो संशोधनका कारण स्थायी अध्यापक अनुमतिपत्र लिएका सात लाखभन्दा बढी व्यक्ति प्रतिस्पर्धाबाटै बन्चित हुने भन्दै नवौं संशोधित शिक्षा ऐन खारेज गर्न शुक्रबार नवबुद्ध नगरपालिकाका शिवप्रसाद पाण्डेले रिट निवेदन दिएका हुन् ।
संशोधित ऐनमा २५ प्रतिशतमात्र खुला प्रतिस्पर्धाबाट लिइन उल्लेख छ । आठौं संशोधनमा ४९ प्रतिशत राखिएको व्यवस्थालाई नवौं संशोधनमा ७५ प्रतिशत पुर्यानइएको हो ।
असमान, विभेदपूर्ण र सामाजिक न्यायविपरीत रहेको व्यवस्था खारेज गरी योग्य उम्मेदवार सबैले प्रतिस्पर्धा गर्न पाउने गरी कानुनी व्यवस्था गर्न रिटमा माग गरिएको छ । ०७२ असोजभन्दा पछाडिकालाई परीक्षामा बन्चित गराइएकाले अहिले तोकिएको परीक्षा रद्द गर्न पनि माग गरिएको छ । शिक्षक सेवा आयोगले पदपूर्तिका लागि मंसिर ३ गतेभित्र दरखास्त दिन आह्वान गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !