५ जेष्ठ २०८१, शनिबार

‘मनी-मसल र मुठभेड गरेर निर्वाचन जित्नुपर्छ भन्ने सोच नै सुरक्षा चुनौती’


kaski-goshti

कात्तिक २४, पोखरा । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले दलहरुले मनी मसल र मुड गरेर निर्वाचन जित्नु पर्छ भन्ने सोचनै सुरक्षा चुनौती भएको बताए । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य सुरक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै उनले दलहरुको मुडभेड, शक्ति प्रर्दशन, मसल र पैसाको खोलो वगाउने कामलाई रोक्न सकेमात्र निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धांधलीरहित हुने बताए ।
उनले निवार्चनमा सिके राउत, विप्लव माओवादी र खुल्ला सिमा प्रमुख चुनौती रहेको बताए । दलहरुको आचार सहितालाई कार्यन्वयन गराउन कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने उनको धारणा थियो । गृह सचिव मोहनकृष्ण सापकोटाले देशको सुरक्षा अवस्था सामान्य रहेपनि निर्वाचनका वेला अवान्छित तत्वले उच्छृंखल गतिविधि पनि गर्न सक्ने भएकोले सुरक्षाकर्मीहरु तैयारी अवस्थामा रहनु पर्ने विचार व्यक्त गरे ।
गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दवाडीले निर्वाचनलाई सफल वनाउन सुरक्षा निकायको कांधमा अहंम भूमिका रहेको स्वच्छ,निष्पक्ष र धांधलीरहित वनाउन स्वच्छ, निष्पक्ष र धांधलीरहित वनाउने बताए । कार्यक्रमा प्रदेश ४ र ५ दुई प्रदेश अन्तर्गत प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु गरी १६० जनाको सहभागिता रहेको छ ।
गोष्ठीमा सुरक्षा निकायका प्रमुखहरुले जिल्लाको सुरक्षा स्थिति मजवूत रहेकोले दुवै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण वातावरणमा हुने विश्वास दिलाउनु सो अवसरमा दिलमएका थिए । केही स्थानमा सिके रावत,विप्लव माओवादीको सुरक्षा थ्रेट रहेको हुँदा त्यही अनुसार सुरक्षा ब्यवस्था मिलाएको वताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !