१८ बैशाख २०८१, मंगलबार

रोनाल्डो युभेन्टस आएसँगै सिरि–ए चर्चामा


cristiano-ronaldo-juventus

१ भदौ, काठमाडौं । पोर्चुगलका कप्तान क्रिष्टियानो रोेनाल्डो गएको महिना युभेन्टसमा आवद्ध भएसँगै इटालियन लिग सिरि ए को चर्चा हुन थालेको छ । शनिबारदेखि सुरु हुन लागेको सिरि ए को उद्घाटन खेल युभेन्टस र चिइभो क्लबले खेल्दै छन् ।

रोनाल्डोले आफ्नो खेल कौशल देखाउने भनिरहँदा सिरि ए मा कुनै एक खेलाडीको जादु नचल्ने विश्लेषण खेल क्षेत्रबाट भइरहेको छ । ३३ वर्षीय रोनाल्डो पाँच पटकको वालोन डि ओर विजेता हुन् ।

सामाजिक सञ्जालमा रोनाल्डोका ३१३ मिलियन फलोअर रहेका छन् । यतिबेला जति चर्चा रोनाल्डोको भइरहेको छ त्यति नै सिरि ए लिगको ।

हुन त सिरि ए सन् १९८० र ९० को दशकको विश्वका फुटबल क्लबमा शीर्ष स्थानमा थियो । जुन क्लबबाट खेल्न खेलाडीहरु लालायित हुनेगरेको इटालिका पूर्व खेलाडी तथा प्रशिक्षक फाविओ कापेल्लो बताउँछन् । उनी भन्छन्, ‘सिरि ए सन् १९८० र ९० को दशकको शीर्ष लिग थियो । पछि एक समय आयो जुन समय हामी आफ्नो भौतिक पूर्वाधारमा लगानी गर्न असमर्थ रह्यौं । रोनाल्डोको माध्यमबाट सिरि ए को गरिमा पुनः एक पटक विश्वलाई चिनाउन सक्नुपर्छ ।’

रोनाल्डो ११२ मिलियन युरोमा युभेन्टसमा आवद्ध भएका हुन् भने उनले वार्षिक २८ मिलियन युरो रकम तलब मार्फत पाउनेछन् । युभेन्टसका पूर्व प्रशिक्षक क्लाउडीयो रानियरीले इंग्लीस लिगका दिन अब सकिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !