१५ बैशाख २०८१, शनिबार

स्पेनिस ला लिगामा रियल मड्रिड २-१ ले विजयी


Cristino Ronaldo

एजेन्सी, २६ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिडले एइबरमाथि २-१ गोलको जित निकालेको छ ।

रियलको जितमा दुवै गोल उसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोले गरेका थिए ।

शनिबार एइबरको घरेलु मैदानमा भएको खेलमा रियलले रोनाल्डोको गोलबाट अग्रता लियो । लुका मोड्रिकको पास सदुपयोग गर्दै रोनाल्डाले ३४औं मिनेटमा गोल गरेका थिए ।

५०औं मिनेटमा एइबरका इभान रामिसले बराबरी गोल फर्काएका थिए ।

तर, रोनाल्डोले ८४औं मिनेटमा ड्यानियल कार्भाअलको पास सदुपयोग गर्दै आफ्नो लागि दोस्रो तथा टिमका लागि विजयी गोल गरे ।

जितसँगै २८ खेलबाट रियलको ५७ अंक भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !