१५ बैशाख २०८१, शनिबार

नेपाली टाेलीमा अाज केहि परिवर्तन


Nepali Bating

२६ फागुन, जिम्बावे । विश्वकप छनोट अन्तरगतको आफ्नो तेस्रो खेलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्दैछ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा नेपाल टस जितेर ब्याटिङ रोजेको छ ।

नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ गर्नेछन । त्यस्तै अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका छैनन् ।

उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । शरद माङ्शपेसीको चोटका कारण आजको खेल खेल्न नसकेका हुन । नेपालको तर्फबाट आज विकेट किपरको भूमिका अनिल साहले निर्वाह गर्नेछन ।

अाज नेपालकाे प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल, अनिल साह, (विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !