१४ बैशाख २०८१, शुक्रबार

आर्सनलले एसी मिलानलाई २–० ले हरायो


Asi milan

एजेन्सी, २५ फागुन ।  युरोपा लिग अन्तर्गत प्रिक्वार्टर फाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ ।

आर्सनलले इटालियन क्लब एसी मिलानको मैदानमा घरेलु टिमलाई २–० ले हराउँदै अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

१५ औं मिनेटमा हेनरिक मखिटार्यनले आर्सनललाई अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा एरोन राम्सेले गोल गरेपछि आर्सनलले महत्वपूर्ण जित हात पारेको हो ।

यो जितका कारण वेङ्गरको २२ वर्षे प्रशिक्षणको आलोचना गर्दै आएकाहरुको मुख केही हदसम्म थुनिएको छ । ‘यो महत्वपूर्ण जित हो । तर बाँकी रहेको आधा कामलाई हामीले घर (इमिरेट्स स्टेडियम) मा सकाउनु पर्दछ ।’ वेङ्गरले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !