१४ बैशाख २०८१, शुक्रबार

भारतीय र क्याम्बोडियाली प्रधानमन्त्री फोनवार्ता


भारतीय र क्याम्बोडियाली प्रधानमन्त्री फोनवार्ता

नयाँ दिल्ली, २९ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्याम्बोडियाली प्रधानमन्त्रीबीच बुधबार फोनवार्ता भएको समाचारमा जनाइएको छ । बुधबार साँझ उहाँहरुबीच फोनवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले क्याम्बोडियाली प्रधानमन्त्री हुन सेनसँग फोनमा कुराकानी गर्नुभएको र त्यस क्रममा दुई देशबीचको आपसी सहयोग र सम्बन्धका बारेमा छलफल भएको थियो ।

उहाँहरुबीच दुई देशबीचका आपसी कूटनीतिक सम्बन्धका साथै हाल विश्वव्यापी रुपमा देखिएको कोभिड १९ महामारीका विषयमा कुराकानी भएको थियो । यस महामारीबाट भारत पनि हाल विश्वकै सबैभन्दा धेरै प्रभावित हुने देशको सूचीमा परेको छ । विश्वमा यस कोरोना भाइरस महामारीबाट सबैभन्दा बढी संक्रमित हुने देशहरुमध्ये भारत छैटौँ स्थानमा पर्दछ ।

त्यसैले उहाँहरुबीचको कुराकानी यो महामारीबाट बच्नका लागि आ–आफ्ना देशले गरिरहेका कार्यहरुका साथै आगामी दिनमा पनि यो महामारीको नियन्त्रण र रोकथामका लागि के कसरी अघि बढ्ने भन्ने विषयमा नै बढी केन्द्रित रहेको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री मोदीको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा सो वार्ताका क्रममा उहाँहरुबीच आपसी हित र सहयोगका साथै हाल देखा परेको यस महामारीका विरुद्धमा पनि के कसरी आपसमा मिलेर अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो ।

उहाँहरुबीच भारत र क्याम्बोडियाबीचको मेकङ –गंगा कोअपरेसनको प्रारुपमा रहेर एक अर्का देशमा के कसरी सहयोगको आदान प्रदान गर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !