२१ बैशाख २०८१, शुक्रबार

भारतमा एकै दिनमा २०४ ओटा मजदुर विदेश रेल सञ्चालन


नयाँ दिल्ली, ७ जेठ । भारतको रेल सेवाले एकै दिनमा २०४ ओटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ ।रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिनुभएको हो ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पार्नु भएको छ ।लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उहाँको भनाई छ ।

“हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ,” उहाँले लेख्नु भएको छ ।विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको उहाँले जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताउनु भयो ।त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उहाँले उल्लेख गर्नु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !