१९ बैशाख २०८१, बुधबार

दुइटा ट्रक ठोक्किँदा २४ जनाको मृत्यु, दर्जंनौँ घाइते


दुर्घटना

जेष्ठ ३, एजेन्सी । भारतमा शनिबार बिहान दुई वटा ट्रक एकापसमा ठोक्किँदा २४ जना मजदुरको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशको ओरैया जिल्लामा दुर्घटना हुँदा दर्जनौं घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेहरुको ओरैया र सैफाईका अस्पतालमा उपचार भइरहेको छ ।

ओरैयाका एएसपी कमलेशकुमार दीक्षितका अनुसार राजस्थानबाट आइरहेको ट्रक र दिल्लीबाट आइरहेको ट्रक ठोक्किएका हुन् । राजस्थानबाट निर्माण सामग्री लिएर आएको ट्रकमा झारखण्ड, बिहार र पश्चिम बंगालका मजदुर थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !