१४ बैशाख २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुनबीच टेलिफोन वार्ता


चिनियाँ राष्ट्रपति सी र दक्षिण कोरियाली राष्ट्रपति मुन

बेइजिङ, १ जेठ । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनबीच कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि आपसी सहकार्य गर्ने बिषयमा टेलिफोन वार्ता भएको छ ।

कोभिड–१९को रोकथाम तथा नियन्त्रणका क्रममा चीन र दक्षिण कोरियाले सधैं नै एकले अर्कालाई सहायता गर्दै आपसमा ‘शून्य आगत’ को रेकर्ड सिर्जना गरेको निश्कर्ष आफूहरूबीच भएको राष्ट्रपति सीले बताउनुभयो ।

मैत्रीपूर्ण छिमेकी मुलुकको रूपमा यी दुबै मुलुकले साझा विकास समृद्धि, क्षेत्रीय शान्ति तथा स्थिरताको संरक्षण, बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको संरक्षण आदि धेरै क्षेत्रमा अझ बढी साझा हित सिर्जना गरेका सीले बताउनुभयो ।

उक्त अवसरमा कोरियाली राष्ट्रपति मुनले चिनियाँ राष्ट्रपति सीको नेतृत्वमा चीनको महामारी रोकथाम तथा नियन्त्रणमा उल्लेखनीय उपलब्धि देखिएको बताउनुभएको थियो ।

मुनले दक्षिण कोरियाले यसमा उच्च मूल्याकन गर्ने बताउनुभएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !