२१ बैशाख २०८१, शुक्रबार

कोरोना अपडेटः विश्वभर २ लाख ५२ हजारको मृत्यु


अमेरिकामा कोरोनावाट मृत्यु

जेनेभा, २३ वैशाख । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३६ लाख ५७ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार मंगलबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ४ हजार ९६ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन, फ्रान्स र बेलायतमा २४ घण्टाको अवधिमा मृत्युदरमा सामान्य गिरावट आएको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १६४, फ्रान्समा ३०६ र बेलायतमा २८८ जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा भने १ हजार ३२४ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !