१९ बैशाख २०८१, बुधबार

एउटै मास्क २० पटक प्रयोग गर्न राष्ट्रपति ट्रम्पको आग्रह


Donald Trump

एजेन्सी, चैत २० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधरबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनबारे आफूले केही नसोचेको बताएका छन्‌ । उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अहिले नै देशभित्र चलिरहेका रेल र आन्तरिक उडान रोक्नेबारे पनि कुनै विचार नगरेको वताएक छन् ।

ट्रम्पले एउटै मास्क २० पटकसम्म प्रयोग गर्न आग्रह गरेका छन्‌ । गत म‌ंगलबार त उनले मास्क नहुनेहरुलाई कपडाले मुख छोप्न आग्रह गरेका थिए । निकै तीव्र गतिमा कोरोना संक्रमण फैलिइरहँदा अमेरिकामा एन ९५ मास्क र सर्जिकल मास्क अभाव भएको तथ्य बाहिरिएको छ।

हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार अमेरिकाभर हालसम्म २ लाख,१३ हजार ३७२ जनामा कोरोना संक्रमणका मामिला भेटिएका छन् । अहिलेसम्म ४ हजार ७५७ जनाले ज्यान गुमाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !