२५ बैशाख २०८१, मंगलबार

फ्रान्सद्वारा कोरोना भाइरस सहायतास्वरुप ४५ अर्ब युरो घोषणा


Flag France

एजेन्सी, ४ चैत । फ्रान्सका अर्थमन्त्री ब्रोनो ला माइरेले मङ्गलबार कोरोना भाइरसको कारण व्यापारमा भएको घाटाको सहायतास्वरुप ४५ अर्ब युरो (४० अर्ब अमेरिकी डलर) सहायता प्याकेज घोषणा गर्नु भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण देशमा आएको विषम् आर्थिक परिस्थितिको सामना गर्नको लागि उक्त प्याकेजको घोषणा गरिएको बताइएको छ ।

यसबाट व्यापारिक सहायताका साथै सन् २०२० मा कुल घरेलु उत्पादन (जीडीपी) मा गरिएको करिब एक प्रतिशतको गिरावटको पूर्वानुमानका लागि र कर्मचारीलाई तलबस्वरुप सो रकम खर्च गरिने माइरेले बताउनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !