२३ बैशाख २०८१, आइतबार

नर्वेली राजा चीन आउने


raja_Norway

२३ असोज, बेइजिङ ।  नर्वेका राजा हेराल्ड पाँचौँ आगामी बिहीबार चीन भ्रमणमा आउनुहुने भएको छ ।

नर्वेका राजा हेराल्डको भ्रमणमा दश दिन लामो राजकीय भ्रमण भएको चीनको विदेश मन्त्रालयले जनाएको छ । चीनमा रहँदा उहाँले चिनियाँ संस्कृति झल्कने ऐतिहासिक ठाउँहरूको अवलोकन गर्नुहुनेछ ।

चीन भ्रमणमा रहँदा उहाँले चीन–नर्वेबीचको आपसी चासो, कुटनीतिक सम्बन्ध विस्तारलगायतका बिषयमा चिनियाँ उच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्नुहुनेछ ।

राजा हेराल्ड चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा यही अक्टोबर ११ देखि २० सम्म चीनको भ्रमण गर्न लाग्नुभएको चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङले सोमबार सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !