२५ बैशाख २०८१, मंगलबार

कामदारको अभाव टार्न एक लाख कामदार लिने फ्रान्सेली होटेलको प्रस्ताव


hotel_in_france

२५ साउन, पेरिस, फ्रान्स । फ्रान्सेली होटेल तथा रेष्टुरेन्टका सञ्चालकहरूले कामदारको अभाव टार्न आप्रबासी शरणार्थीलाई लिने प्रस्ताव सरकारसँग गरेका छन् ।

आप्रबासी शरणार्थीकालाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गरी शरणार्थीका कारण वेलाबखत सिर्जना हुने समस्यालाई नियमन गर्न उनीहरूलाई रोजगारी दिने प्रस्ताव होटेल तथा रेष्वटुरेन्ट सञ्चालकहरूको रहेको उनीहरूको दावी छ ।

फ्रान्सको होटेल उद्योगसम्बन्धी निकाय यूएमआइएचका अध्यक्ष रोलान्ड हेगले एएफपीलाई बताउनुभयोे, “होटेल तथा रेष्टुरेन्टको क्षेत्रमा कामदारको व्यापक अभाव महशुस हामीले गरेका छौँ । आप्रबासी शरणार्थीलाई काम दिएर यसको समाधान खोज्ने प्रस्ताव हामीले गरेका छौँ ।”
“कम्पनीहरूले कामदारको मागलाई स्वदेशी जनशक्तिबाट धान्न कठीन भएको छ । हामीले शरणार्थीलाई हाम्रो व्यवसायमा जोडेर समस्याको समाधान गर्न सरकारसँग समन्वय गरेका छौँ । अनुमति पाएमा सोही अनुरूप अघि बढ्ने सोच हाम्रो छ,” उहाँले थप्नुभयो ।

अन्य विकशित मुलुकमा जस्तै निम्न आम्दानीका कामदारका लागि समस्या देखिँदै आएको छ । होटेलको उच्च आम्दानीका आतिथ्य क्षेत्रका कामदारका लागि खासै समस्या नभएपनि महादेशीय खाना तथा सरसफाई गर्ने कामदारको भने अभाव रहँदै आएको छ ।

हामीले लिने भनिएका कामदारमध्ये ५० प्रतिशत रोजगारी स्थायी प्रकृतिका रहने र बाँकी अस्थायी हुनेगरी करार गर्न तयार छौँ, हेगले बताउनुभयो ।

फ्रान्सले सन् २०१७ मा एक लाख आप्रवासी शरणार्थी भित्राएको थियो । यो पहिलेका बर्षहरूमाभन्दा १७ प्रतिशतले बढी हो ।

फ्रान्सको कानून अनुसार शरणार्थीले आवासीय अनुमति पाएपछिमात्र देशभित्र काम गर्न सक्छन तर शरणार्थी दावीसाथ अनुमतिका लागि उनीहरूले निवेदन दिएको नौ महिना पर्खनुपर्ने हुन्छ ।

फ्रान्सको संसदबाट आप्रवासीसम्बन्धी बिल गत हप्ता पास गरेको थियो । तर बिलले कानूनी स्वरूप पाउन भने राष्ट्रपतिबाट उक्त विधेयकमा हस्ताक्षर गर्नुपर्छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !