२३ बैशाख २०८१, आइतबार

पाकिस्तानमा उम्मेदवारकै हत्या


pakistan-flag

७ साउन, इस्लामावाद । पाकिस्तानमा आसन्न निर्वाचनका उम्मेदवार कै आइतबार हत्या भएको छ ।

मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएका हिंसाका घटनामा परी मृत्यु हुनेक्रममा आइतबार एक जना उम्मेदवारकै मृत्यु भएको हो ।

आइतबार भएको घटनामा परी कम्तीमा एक जना उम्मेदवारसहित दुई जनाको मृत्यु भएको र अरू केही घाइते भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

स्थानीय एक प्रहरी अधिकारी मन्जुर अफ्रिदीले दिएको जानकारी अनुसार गान्दापुरका लागि पाकिस्तान तेहरिक इ इन्साफ (पीटीआई)का उम्मेदवार इक्रामुल्लाह खान र उहाँका चालकको मृत्यु भएको हो ।

आत्मघाती हमलामा परी गम्भीर घाइते भएका दुवै जनालाई अस्पतालमा पु¥याएर उपचार गराइरहेको भए पनि उपचार सफल नभएपछि निधन भएको घोषणा गरिएको थियो ।

आक्रमणकारीहरूले गान्दापुरमा चुनावी कार्यक्रममा सहभागी भएका व्यक्तिहरूलाई लक्षित गरी आत्मघाती बम हमला गरेको अफ्रिदीले बताउनुभयो ।

प्रहरीले घटना भएको क्षेत्रमा १३ जना प्रहरीलाई खटाएको भए पनि उनीहरूले प्रहरीलाई खबर नगरी आफ्नै सुरले हिँडेकाले घटना भएको प्रहरी अधिकारीको भनाई छ ।

प्रहरीले यस्ता अप्रिय घटना हुनसक्ने चेतावनी पहिले नै दिएको भए पनि उनीहरूले बेवास्ता गरेको बताइएको छ । आइतबार भएको घटनाका बारेमा अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।

पाकिस्तानमा यही जुलाई २५ तारिखमा निर्वाचन हुने तय भएको छ र त्यहीअनुसार निर्वाचन प्रचारप्रसार कार्यक्रम तीव्र भइरहेको छ ।

प्रचारप्रसारको तीव्रतासँगै पाकिस्तानमा यस पटकको निर्वाचनका लागि आयोजित कार्यक्रमहरूमा भएका आक्रमणहरूमा परी कम्तीमा १७० जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !