२२ बैशाख २०८१, शनिबार

पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाजद्वारा नयाँ मन्त्रीहरू नियुक्त


Shehabaz-Sarif

इस्लामावाद । पाकिस्तानका नयाँ प्रधानमन्त्री शेहबाज शरिफले नयाँ मन्त्रीहरू नियुक्त गरेका छन् । सोमबार संसद्बाट प्रधानमन्त्रीमा निर्वाचित भएका शरिफले मङ्गलबार सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन् ।

स्थानीय सञ्चार माध्यमहरूका अनुसार बिलावाल भुट्टो-जर्दारीलाई नयाँ विदेश मन्त्री बनाइएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेबारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेबारी मार्यम औराङजाबलाई दिइएको छ ।

मन्त्रिपरिषद्मा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ । उनको सरकारलाई आफ्नो पार्टीसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ ।

तत्कालीन प्रधानमन्त्री इमरान खानले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि बाहिरिएकाले शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

उनले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गरेका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुने उनले निर्णय गरेका हुन् ।

पाकिस्तान मुस्लीम लिग-नवाजका नेता शरिफ पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । विपक्षी दलको नेतृत्व गर्दै आएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज शरिफका भाइ हुन् । लाहोरमा जन्मिएका शरिफ यसअघि पञ्जाबको मुख्यमन्त्री बनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !