२१ बैशाख २०८१, शुक्रबार

चिनियाँ विदेश मन्त्री वाङ यी पुगे अफगानिस्तान, शुक्रबार साँझ काठमाडौं आइपुग्ने


चिनियाँ विदेशमन्त्री वाङ यी

एजेन्सी । गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री वाङ यी अफगानिस्तानको राजधानी काबुल पुगेका छन् ।

बिहीबार विदेश मन्त्री वाङ पाकिस्तानको इस्लामावादबाट चार्टर्ड जहाजमा काबुल पुगेको तालिबानले पुष्टि गरेको टोलो न्युजले उल्लेख गरेको छ । गत सोमबार पाकिस्तान पुगेका वाङ आजै भारतको राजधानी नयाँदिल्ली आइपुग्ने बताइएको छ । भारतको भ्रमण सकेर चिनियाँ विदेश मन्त्री शुक्रबार साँझ नयाँदिल्लीबाट काठमाडौं आइपुग्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !