१४ बैशाख २०८१, शुक्रबार

भारतमा यात्रा नगर्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन


जो बाइडेन

एजेन्सी । अमेरिकाले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न निर्देशन जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।

बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।

अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,”अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !