१५ जेष्ठ २०८१, मंगलबार

अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन ७६ जनाको मृत्यु


कोरोना सङ्क्रमणबाट मृत्यु

एजेन्सी । अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।

अन्तर्राष्ट्रिय समाचार अनुसार पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ । यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यू साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !