२३ बैशाख २०८१, आइतबार

सिरियाको भएको विस्फोटमा परी टर्कीका ३ जना सैनिकको मृत्यु


काबुल बिस्फोट

अंकारा । सिरियासँगको टर्कीको सीमामा शनिबार भएको बम विस्फोटमा परी तीन टर्की सैनिकको मृत्यु भएको यहाँको रक्षा मन्त्रालयले जनाएको छ । दक्षिणपूर्वी सानलिउर्फा सहरको अक्काकाले जिल्लाको सीमारेखामा आतंककारीहरुले राखेका विस्फोटक पर्दाथ विस्फोटमा परी तीन सैनिकहरू मारिएका मन्त्रालयले जनाएको छ ।

सिरियाको उत्तरी सीमावर्ती शहर ताल अब्यादबाट एक सैन्य गाडी गुज्रिरहेको बेला विस्फोट भएको स्थानीय डेमिरोरेन समाचार एजेन्सी (डीएचए) ले जनाएको छ । टर्कीका सेना र यस क्षेत्रका वाईपीजी सदस्यहरूबीच सिरियाली सीमामा प्रायः गोलाबारी हुने गरेको पाइन्छ ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्की सरकारविरुद्ध विद्रोह गर्दै आएका र यसैक्रममा ४० हजार भन्दा बढीको ज्यान लिइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !