२२ बैशाख २०८१, शनिबार

सिरियामा क्षेप्यास्त्र हमला गर्ने ट्रम्पको तयारी


डोनाल्ड ट्रम्प

एजेन्सी, २९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएका छन् । सिरियामा भएको रासायनिक हमलामा बशर अल असदको सरकार र उनको सहयोगी मुलुक रुस जिम्मेवार रहँदै आएको ट्रम्पको आरोप छ ।

पछिल्लो पटक अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियामा क्षेप्यास्त्र हमला गर्न सक्ने चेतावनी दिएका हुन् ।

उनले सिरियामा हुने अमेरिकी कारवाहीको सामानाका लागि रुसलाई तयार रहन चेतावनी दिएका छन् । रुसी सहयोगमा सिरियाली सरकारले रासायनिक हतियारले आक्रमण गरेको आशंका रहेको भन्दै ट्रम्पले क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी दिएका हुन् ।

यसअघि रुसले सिरियामा गरिने क्षेप्यास्त्रलाई बीचमै खसालिने बताएको थियो । त्यसको जवाफमा ट्रम्पले भनेका छन्, ‘रुस तयार रहोस, सिरियामा आउने क्षेप्यास्त्रहरु नयाँ, राम्रो र तीव्र गतिका हुनेछन् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !