२० बैशाख २०८१, बिहिबार

जनतालाई कम खान किम जोङ उनको आदेश


किम जोङ उन

उत्तर कोरिया । उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनले नयाँ आदेश जारी गरेका छन् । उनले २०२२ मा देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताएका छन् ।

परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ ।

आदेश जारीमा भनिएको छ, कम खानु । अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृत्युको अवस्थासँग जुझिरहेको छ ।’

सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !