२१ बैशाख २०८१, शुक्रबार

विस्फोटवाट प्रधानमन्त्रीका विशेष सहयोगीसहित १५ को मृत्यु


पाकिस्तान

पाकिस्तान । पाकिस्तानको कराँचीमा भएको शक्तिशाली विस्फोटमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । विस्फोटमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सहयोगी र पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीमा आबद्ध एक सांसदका बाबुकोसमेत मृत्यु भएको छ ।

शनिबार साँझ व्यापारिक भवनमाविस्फोट भएको थियो । विस्फोटबाट भवनमा आंशिक रुपमा क्षति पुगेको छ । विस्फोटपछि क्षतिग्रस्त भवनको भग्नावशेषमा केही व्यक्ति फसेको आशंकामा उद्दार कार्य तीव्र पारिएको पाकिस्तानी संचारमाध्यमहरुले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !