४ जेष्ठ २०८१, शुक्रबार

सिरियामा रासायनिक ग्यास हमला, ७० को मृत्यु


हवाई आक्रमण

एजेन्सी, २५ चैत । सिरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनिक ग्यास हमलामा ७० जनाको मृत्यु भएको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको पुष्टि हुन भने बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले घटनाको अनुगमन गरिरहेको बताएको छ । विदेश मन्त्रालयले रसायनिक हमलालाई आततायी भन्दै यसको जिम्मा रुसले लिनुपर्ने बताएको छ ।

यसअघि १५० जनाको मृत्यु भएको भन्ने अपुष्ट समाचार आए पनि त्यसको पुष्टि हुन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !