१४ बैशाख २०८१, शुक्रबार

अमेरिकी विषेशदूत र तालिबान विदेश मन्त्रीबीच भेटवार्ता


अमिर खान मोताक्वी

काबुल । अफगानिस्तानका लागि अमेरिककाका विषेश दूत थोमस वेस्ट र अफगानिस्तानका विदेश मन्त्री अमिर खान मोताक्वीबीच भेटवार्ता भएको छ ।तालिबानका शिर्ष नेता समेत रहनु भएका खानले अमेरिकी विषेश दूतलाई पाकिस्तानको राजधानी इस्लामावादमा भेटवार्ता गर्नु भएको हो ।

अफगानिस्तानको तालिबान सरकारको तर्फबाट पहिलो विदेश भ्रमणका रुपमा पाकिस्तान गएका बेला उहाँले अमेरिकी विषेश दूतसँग छलफल गर्नु भएको जनाइएको छ ।दुवै जना पाकिस्तानमा आयोजना गरिएको एक विषेश बैठक ‘ट्रोइका प्लस’ बैठकमा सहभागी हुन जाने क्रममा उहाँहरुबीच भेटवार्ता भएको अधिकारीहरुले जनाएका छन् ।

तालिबान सरकारका प्रमुख नेता तथा विदेश मन्त्री मोताक्वी नेतृत्वको उच्चस्तरीय अफगानी टोली औपचारिक भ्रमणका लागि बुधबार बेलुका इस्लामावाद पुगेको हो ।पाकिस्तानमा बिहीबार नै अमेरिका, चीन, रुस र पाकिस्तानका कुटनीतिज्ञहरुको बैठक आयोजना गरिएको छ । बैठक अफगानिस्तानको अवस्थाका बारेमा छलफल गर्न बोलाइएको हो ।

बैठकको अध्यक्षता पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद क्युरेशी र राष्ट्रिय सुरक्षा सल्लाहकार मोइद युसुफले गर्ने कार्यक्रम रहेको छ । चार देशका प्रतिनिधिहरुले अफगानिस्तानका अन्तरिम विदेश मन्त्री अमिर खान मोक्त्तावीसँग अन्तरक्रिया गर्ने भएका छन् । तालिवान विद्रोहीहरुले गत अगस्टमा अफगानिस्तानको सत्ता कब्जा गरेर अन्तरिम सरकार गठन गरेपछि सरकारको तर्फबाट यो नै पहिलो विदेश भ्रमण हो ।

तालिवान सरकारप्रति सहयोगी र शंकापूर्ण व्यवहार गर्ने दुवै प्रकारका देशका प्रतिनिधिहरु बैठकमा सहभागी भएका छन् । बैठकमा सहभागी मध्ये अमेरिकाले तालिवान सरकारप्रति आशंका व्यक्त गर्दै असहयोगको नीति लिएको छ भने चीन, रुस र पाकिस्तान तालिवान सरकारप्रति निकै सकारात्मक र सहयोगी हुदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !