९ जेष्ठ २०८१, बुधबार

ग्रीसलाई ५.७ अर्ब युरो दिने ईयूको घोषणा


एजेन्सी, १४ चैत । युरोपेली युनियनका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटवाट उठाउन पहिलो किस्तावापत बुधबार ५.७ अर्ब युरो उपलब्ध गराउने भएका छन् ।

कारोबारको माध्यम युरो बनाएका ईयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटवाट पार लगाउन भन्दै सहमति जनाएकामध्येको यो पहिलो किस्ता हो ।

यसले ग्रीसलाई यो वर्षभित्र जमानत कार्यक्रमवाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

युरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रमअन्तर्गतको पहिलो किस्तास्वरूप ५.७ अर्ब युरो पुर्‍याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही वर्षको जनवरीमा सहमति जनाएका थिए ।

बाँकी एक अर्ब युरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !