४ जेष्ठ २०८१, शुक्रबार

इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित


इब्राहिम राइसी निर्वाचित

तेहरान । इरानका नयाँ मन्त्रीको नामावली संसद्बाट पारित भएको छ ।

राष्ट्रपतिले मन्त्री बनाउन चाहेकाको नामावली संसद्मा पेस गरेर पारित गराउनु पर्ने व्यवस्थाअनुसार नामावली पेस गरिएको थियो ।

राष्ट्रपति इब्राहिम रायसीले पेस गरेको नामावलीअनुसार १८ जना मन्त्रीको नाम संसद्बाट पारित भएको हो ।

उहाँले १९ जनाको नामावली पेस गरेकोमा १८ जनाको मात्रै पारित भएको र एक जनाको भने पारित नभएको संसद् सचिवालयले जनाएको छ ।

शिक्षा मन्त्रीका लागि प्रस्तावित एक व्यक्तिका लागि भने आवश्यकताअनुसारको समर्थन नपुगेको जानकारी दिइएको छ ।

उहाँले संसदमा गत शनिबार नामावली पेस गर्नु भएकोमा सबैका बारेमा सांसदले छलफल गरेर मङ्गलबार विश्वासको मत दिएको जनाइएको छ ।

मन्त्रीका लागि अनुमोदन भएकाको नामावली राष्ट्रपति कार्यालयको आधिकारीक वेभसाइडमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !