११ जेष्ठ २०८१, शुक्रबार

उत्तर र दक्षिण कोरिया पुन: राष्ट्रिय एकीकरणमा


kim jong

एजेन्सी, २२ फागुन । उत्तर कोरियाले दक्षिण कोरियासँग पुन राष्ट्रिय एकीकरणको ऐतिहासिक कार्य थालनी गरेको उत्तर कोरियाली नेता किम जोन उनले दाबी गरेका छन् ।

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएले दक्षिण कोरियाली प्रतिनिधीहरूसँगको भेटवार्ताको क्रममा किमले उत्तर कोरिया दक्षिण कोरियासँग नजिक हुन चाहेको उल्लेख गरेको छ । किमले दक्षिण कोरियाली प्रतिनिधीहरूलाई र्‍योङयाङमा स्वागत गर्दै दुई कोरियाबीचको सम्बन्ध सुधारका पक्षमा रहेको बताएका हुन् ।

भेटवार्ताको क्रममा दक्षिण कोरियाली प्रतिनिधीहरूले राष्ट्रपति मुन जे इन कोरियाली प्रायद्धीपमा शान्ति स्थापनाको पक्षमा रहेको दाबी गरेका थिए । सन् २०११ पश्चात् दक्षिण कोरियाली प्रतिनिधीहरूले उत्तर कोरियाली शासक किमसँग भेटवार्ता गरेको यो पहिलोपटक हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !