४ जेष्ठ २०८१, शुक्रबार

टर्कीस सेनाको हमलामा ३६ सिरियाली विद्रोही सेनाको मृत्यु


sriya

एजेन्सी, २० फागुन । सिरियाको आफरिनमा टर्कीस सेनाले गरेको हवाई हमलामा ३६ सिरियाली विद्रोही सेनाको मृत्यु भएको छ । उत्तरी सिरियाको आफरिनस्थित कार्फ जिना क्याम्पमा रहेको विद्रोही सैनिकलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।

आफरिनमा रहेका टर्किस सेनालाई फिर्ता पठाउन दुई साताअघि विद्रोही सेना त्यहाँ प्रवेश गरेका थिए । विद्रोही सेनाले त्यहाँवाट टर्किस सेनालाई हटाउन संघर्ष गर्दै आएका छन् । यसअघि पनि आफरिनमा कुर्दिस सेनाले गरेको हवाई हमलामा आठ जना टर्कीस सेना मारिनुका साथै १३ जना घाइते भएका थिए । दुई पक्षबीच लगातार संघर्ष हुन थालेपछि आफरिनबाट धेरै सर्वसाधारण पलायन भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !