२२ बैशाख २०८१, शनिबार

ब्राजिलका सबै नागरिकले सन् २०२१ भित्र कोरोनाको खोप लगाइसक्ने


ब्राजिलमा कोरोना संक्रमित

ब्रासिलिया । ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका विरुद्धको खोप लगाइसक्ने गरी देशव्यापी रुपमा खोप लगाइएको जानकारी दिनुभएको हो ।

हामीसँग पर्याप्त मात्रामा खोप छ, हामीले यो वर्षको अन्त्यसम्ममा नै सबै ब्राजिलियनहरुलाई खोप लगाउने गरी प्रक्रिया अगाडि बढाएका छौँ हामीले खोप दिने छौ– स्वास्थ्यमन्त्री मर्सेलोले भन्नुभएको छ ।

शुक्रबार ब्राजिलको ब्रासिलियामा विश्व स्वास्थ्य संगठनसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा स्वास्थ्यमन्त्री मर्सेलोले सो कुराको जानकारी दिनुभएको हो ।

उहाँका अनुसार ब्राजिलले यसै वर्षको अन्त्यसम्ममा करिब ५० करोड खोप प्राप्त हुने अपेक्षा गरिएको छ । तर यदि ब्राजिलसँग छैन भने पनि विश्वका अरु देशसँग सहयोग माग्ने छौँ उहाँले भन्नुभएको छ । ब्राजिल विश्वमा अमेरिकापछिको सबैभन्दा बढी कोरोना प्रभावित देश हो ।

ब्राजिलमा अहिलेसम्म १ करोड ४५ लाखभन्दा बढी नागरिकका कोरोना संक्रमण भएको छ । ती मध्ये ४ लाख भन्दा बढीको त ज्यानै गएको पनि समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !