२० बैशाख २०८१, बिहिबार

आईपीएलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बईविरुद्ध चेन्नई भिड्ने


mc_hZWjAKReQR

एजेन्सी, ४ फागुन । इन्डियन प्रिमियर लिग आईपीएलको ११औँ सिजनको खेल तालिका सार्वजानिक भएको छ । यसअनुसार पहिलो खेलमा मुम्बईले ७ अप्रिलमा चेन्नईविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

डिफेन्डिङ च्याम्पियन मुम्बईले २ वर्षको प्रतिबन्धपछि खेलमा फर्किएको चेन्नईको सामना गर्नेछ । नयाँ कार्यक्रममा समयमा कुनै परिर्वतन गरिएको छैन, यद्यपि, ब्रोडकास्ट राइट भने स्टार स्पोर्ट्सले पाएको छ । यसपटक आईपीएलमा ५६ लिग खेलसँगै कुल ६० खेल हुनेछन्, जसको फाइनल २७ मेमा मुम्बईको वानखडे मैदानमा हुनेछ ।

नेपालीहरूले बहुप्रतीक्षाका साथ हेरेको दिल्लीले भने दोस्रो खेलअन्तर्गत किङ्स इलेभेन पञ्जावविरुद्ध फिरोज शाह कोटला मैदानमा ४ बजे प्रतिस्पर्धा गर्नेछ । सोही रात कोलकाता र बैंगलोरले प्रतिस्पर्धा गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !