४ जेष्ठ २०८१, शुक्रबार

‘सेक्स स्क्यान्डल’मा फसे क्यासिनो बादशाह, गुम्यो पद


kasino

एजेन्सी,१४ माघ । अमेरिकी क्यासिनो मुगल स्टीव वाइनलाई यौन उत्पीडनको आरोप लागेपछि रिपब्लिकन नेशनल कमिटीको वित्त प्रमुखवाट राजीनामा दिएका छन् । शुक्रबार वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि मसाज गर्नेलाई दुःख दिएको र उनीहरुमध्ये एकलाई यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाइएको छ । वाइनले आरोपको खण्डन गरेका छन् ।

रिपब्लिकन नेशनल कमिटीका प्रमुखले वाइनको राजीनामा स्वीकृत गरेको बताएका छन् । वायनले यसको दोष पूवीपत्नी ऐलेनलाई दिएका छन्, जोसँग उनी मानहानीको मुद्दा पनि लडिरहेका छन् । उनको टिमले बीबीसीलाई पठाएको बयानमा भनिएको छ, ‘मेरी पूर्वपत्नीले लगातार यस्तो आरोप लगाइरहेकी छन् । यही कारण म यस्तो भयानक र नराम्रो मुद्दामा फसेको छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !