१४ बैशाख २०८१, शुक्रबार

बेलायतमा कोभिड-१९ विरुद्धको खोप प्रयोगका लागि अनुमित


फाइजर कोरोना खोप

वासिङ्टन । बेलायतमा अर्काे हप्तादेखि कोभिड-१९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजर-बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो ।

यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ । यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न पाउने बाटो खुलेको छ । सरकारले आगामी हप्ता यो खोपको सेवा दिने भएको बेलायतले जनाएको छ ।

बेलायतको औषधि व्यवस्था विभागले यो खोपको प्रयोग गर्न सक्ने गरी व्यवस्था गरेकोले बेलायत कोरोना विरुद्धको खोपमा अनुमति पाएको पहिलो देश बनेको हो । यो खोप विश्वका विभिन्न देशहरुमा नै लगेर तेस्रो चरणसम्मको परीक्षण गरिएको थियो । सो परीक्षण पास भएपछि यो खोपलाई सार्वजनिक रुपमा प्रयोगका लागि अनुमति दिइएको बताइएको छ ।

समाचारमा जनाइए अनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो । आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका लागि आवश्यकताका अनुसारको मात्रा नै उत्पादन गर्ने जनाएको छ ।

उता बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि अर्काे हप्ताबाट यो खोपको प्रयोग गर्न पाइने बताउनुभएको छ । उहाँले आज आफ्नो ट्वीटरमार्फत् सो कुराको जानकारी दिनुभएको हो । उहाँले यसबाट बेलायतलाई खुशी लागेको पनि बताउनुभएको छ ।

उहाँले बेलायतले यो खोपको निर्माण गर्दा निकै खुशी भएको बताउनुभएको छ । साथै उहाँले यो महत्वपूर्ण कार्यले गर्दा अब बेलायतका मात्र नभएर संसारका मानिसको ज्यान बच्ने बताउनुभयो । यसबाट बेलायतलाई नागरिकको ज्यान बाँच्ने मात्र नभएर बेलायतको आर्थिक सुधारका लागि पनि सहयोग पुग्ने बताउनुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !