१९ बैशाख २०८१, बुधबार

मेक्सिकोमा ट्याँकर बिस्फोट, १४ जनाको मृत्यु


मेक्सिकोमा ट्याँकर बिस्फोट

मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याँकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याँकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !