१४ बैशाख २०८१, शुक्रबार

डब्लुएचओलाई सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता


डब्लुएचओलाई सहयोग गर्ने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

बेइजिङ, २४ भदौ । चीनका राष्ट्रपति सी जीङ् पिङ्ले कोरोना भाइरससँग लड्न आफ्नो देशले निभाएको भूमिकाको प्रशंसा गर्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई यस मामिलामा सहयोग गर्ने बताएका छन् ।

चीनले कोभिड १९ सँग लड्ने रोल मोडलका बारेमा आयोजित बैठकमा उनले सो कुरा बताएका हुन् । त्यस बखत राष्ट्रपति सीले श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ चिकित्सक झाउ नान्सानलाई गणतान्त्रिक मेडल प्रदान गरे ।

साथै पिपुल्स हिरो राष्ट्रिय सम्मान झाङ् बोलीलाइ, परम्परागत चिनियाँ औषधि विशेषज्ञ झाङ् डिङ्ग्युलाइ प्रदान गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !