२४ बैशाख २०८१, सोमबार

यमनी विद्रोहीद्वारा प्रहार गरिएको क्षेप्यास्त्र ध्वस्त पारिएको साउदी अरेबियाको दाबी


कात्तिक १९, रियाद । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारिदिएको छ । यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो ।
आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए । यसले साउदीको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ । साउदी अरेबियाले यसअघि पनि हुथी विद्रोहीका मिसाइल खसालेको दाबी गर्दै आएको थियो । तर यसअघि कुनै पनि मिसाइल घना बस्ती भएको क्षेत्र नजिक खसेका थिएनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !