१४ बैशाख २०८१, शुक्रबार

सांसद बस्नेत र पुर्व आईजीपी खनालले अराजकताको खाल्डो खन्यो : रबि लामीछाने


सर्वेन्द्र खनाल

१४ बैशाख, काठमाडौं । चर्चित पत्रकार रबि लामीछानेले पुर्व आईजीपी सर्वेन्द्र खनालले अराजकताको खाल्डो खनेको आरोप लगाएका छन् । जनता समाजवादी पार्टीले आफ्नो सांसदको अपरहण गरेको भन्दै सांसद महेश बस्नेत र पुर्व आइजीपी खनालविरुद्ध उजुरी लगाउनको लागि प्रहरी समक्ष पुग्दा प्रहरीले नलिएपछि लामिछानेले यस्तो आरोप लगाएका हुन् ।

लामिछानेले आज एक स्टाटस लेख्दै चितवनमा भएको घटनामा आफु र युवराजविरुद्ध खनालकै निर्देशनमा उजुरी लिएको समेत आरोप लगाएका छन् । उनले लेखेका छन्, “चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने ?उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै ? अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !