२५ बैशाख २०८१, मंगलबार

त्रिवेणीधाम सबल गन्तव्य


त्रिवेणीधाम

नवलपरासी, ३ चैत । पूर्वी नवलपरासीको त्रिवेणीधाम पछिल्लो पटक आन्तरिक र बाह्य पर्यटकका लागि सबल गन्तव्य बन्दै गएको छ । नेपालकै धार्मिक एवं पर्यटकीय महत्व बोकेको यस त्रिवेणीधाममा अहिले पर्यटक आउने क्रम दिन प्रतिदिन बढेको पाइन्छ ।

त्रिवेणीधाममा रहेका ऐतिहासिक धार्मिकस्थलमा पछिल्लो पटक पर्यटकलाई लक्षित गरी भौतिक संरचनाका विभिन्न पूर्वाधारसमेत निर्माण हुन थालेको पाइन्छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट करीब ३२ किलोमिटर दक्षिणी क्षेत्र र सङ्घीय संरचनानुसार गण्डकी प्रदेशअन्तर्गत नवलपुर (पूर्वी नवलपरासी) को विनयी त्रिवेणी गाउँपालिका–६ मा ऐतिहासिक त्रिवेणीधाम पर्दछ ।

पुराना मठमन्दिर रहेको ऐतिहासिक धार्मिकस्थल यहाँ रहेको पाइन्छ । श्रद्धालु र पर्यटकको आगमन सहजताका लाग पछिल्लो पटक सडक विस्तार र भौतिक पूर्वाधार विस्तारका काम पनि शुरु हुन थालेको छ ।

नेपालका धार्मिक एवं ऐतिहासिकस्थल मध्येको यस त्रिवेणीधाममा प्रत्येक वर्ष माघे औँसी र अन्य धार्मिक चाडबाडमा ठूलो मेला लाग्ने गर्दछ । प्रचारप्रसारको अभावले ओझेलमा पर्दै गएको त्रिवेणीधामको विकास गर्न स्वामी कमलनयन आचार्य क्रियाशील भएर लाग्नुभएको छ ।

यसको विकास र प्रवद्र्धनमा सङ्घीय सरकार र प्रदेश सरकारको थप ध्यान पुगेमा यस क्षेत्रलाई राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने अवस्था रहेको स्थानीय बद्री निगमको भनाइ छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !