१५ बैशाख २०८१, शनिबार

रुट परमिट विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई


route-permeti

ग्रामिण सडकमा रुट परमिटको विवादले दसैं लक्षित अग्रिम टिकट बुकिङमा ढिलाई भएको छ । सरकार र व्यवसायीबीच कुरा नमिल्दा यात्रु मारमा पर्ने भएका छन् ।

यातायात व्यवस्था विभागले अस्थायी रुट परमिट लिन व्यवसायीलाई निर्देशन दिएपनि कुरा नमिल्दा समस्या भएको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले दशैंको टिकट बुकिङ रोकेर रुट इजाजतमा गरिएको कडाइ खुकुलो पार्नुपर्ने, एसी र सुपर डिलक्सको भाडा निर्धारण हुनुपर्ने, मुग्लिन सडकखण्ड विस्तारको काम असोज १० गतेदेखि रोकिनुपर्ने लगायतका माग गरेको छ । सरकारले सवारी दुर्घटना कम गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा यातायात व्यवस्थापन तदर्थ समितिले अस्थायी रुट परमिट दिने व्यवस्था गरेको छ । तर, व्यवसायीले त्यसमा चासो नदिएका यातायात व्यवस्था विभागले दाबी गरेको छ ।
रुट परमिट अनिवार्य गरेपछि ग्रामिण सडकमा गाडी चलाउन समस्या भएको व्यवसायीको तर्क छ । यसवर्षको दशैं आउन दुई साता बाँकी भएपनि गाडीको टिकट बुकिङ नखुल्दा यात्रुहरु अन्योलमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !