१५ बैशाख २०८१, शनिबार

बाँदर समाउ अभियान


monkey

८ फागुन, खोटाङ । भारतबाट झिकाइएका शिकारीद्वारा यहाँ बाँदर समात्न थालिएको छ ।

केही वर्षयता किसानले लगाएका अन्नबाली सखाप पारेर हैरान पार्न थालेपछि बाँदरलाई समातेर नजिकको राष्ट्रिय निकुञ्जमा पु¥याउन खोटाङमा ‘बाँदर समाउ अभियान’ थालिएको हो । बाँदर समात्न गत माघ २१ गते दिक्तेल आइपुगेका दुई भारतीय शिकारीले यही फागुन ३ गते आफ्ना थप तीन सदस्य ल्याएर बाँदर समात्न थालेको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

भारतको उत्तरप्रदेशबाट झिकाइएका शिकारीले मङ्गलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको लुछिममा २५ बाँदर समातेका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको वडा नं ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिनुभयो ।

सोही वडाका खर्का भन्ने ठाउँका दुई स्थानमा पनि बाँदरलाई जाल थाप्ने तयारी भइरहेको जनाइएको छ । नगरपालिकाभित्रका १५ वडाका किसानलाई दुःख दिइरहेका बाँदर समातेर निकुञ्ज पु¥याउन नगरपालिकाले रु दश लाख बजेट विनियोजन गरेको छ ।

खेतबारीका मकै, गहुँ, कोदो, अलैँची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरालगायतका बालीनाली बाँदरले नष्ट गरेर हैरान पारेपछि तिनलाई समात्न नगरपालिकाकै आर्थिक सहयोगमा भारतीय शिकारी खोटाङ झिाइएको हो ।

एउटा बाँदर समातेवापत शिकारीलाई रु दुई हजार पारिश्रमिक दिने व्यवस्था गरिएको छ । आगामी जेठ मसान्तभित्रमा २५० वटा बाँदर समात्ने गरी नगरपालिका र बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिबीच सम्झौता भएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !