१० जेष्ठ २०८१, बिहिबार

दुवै खुट्टा गुमाएका पदमको बिचल्ली


Nepalpatra

१५ माघ, कृष्णनगर । कपिलवस्तुको शिवराज नगरपालिका–४ वनकट्कीका २२ वर्षीय पदम राईको दुवै खुट्टा छैन । ट्रकका सहचालक गत असार पहिलो हप्ता दुर्घटनामा दुवै खुट्टा गुमाउनुभएको हो । अहिले उहाँको दैनिकी ह्वीलचियरका भरमा बित्ने गरेको छ । राई न्यायको खोजिमा हुनुहुन्छ ।

लु१ख ९८३० नंको मालवाहक ट्रकका सहचालक राईलाई गत असार ४ गते राति कपिलवस्तुको जवाभारीस्थित पशुपति सिमेन्ट कम्पनीको स्काभेटरले कुल्चेको हो । घटनापछि उपचारका क्रममा काठमाडौंको बिएण्डबी अस्पतालमा उहाँको दुवै खुट्टा काट्नुपरेको थियो । “कमाउने घरमा म मात्रै हुँ, अपाङ्ग भएपछि हातमुख जोर्न समस्या भयो”, राईले भन्नुभयो । उहाँका बुबा रामुले छोरालाई स्याहार्नु परेका कारण मजदुरी गर्न नपाएको पीडा सुनाउनुभयो ।

राई टहरमा बुबासँग बस्नुहुन्छ । सिमेन्ट कम्पनीले उपचार खर्च उपलब्ध गराएपनि स्काभेटर चालकलाई इलाका प्रहरी कार्यालय गणेशपुरले मेलमिलापविना छोडेको राईको गुनासो छ । “कम्पनीले मेलमिलापका लागि पहल नै गरेन,” उहाँले भन्नुभयो । कम्पनीले प्लाष्टिकको खुट्टा राख्न लगाइदिने मौखिक सहमति गरेपनि कोही पनि व्यक्ति सम्पर्कमा नआएको राईले बताउनुभयो । कम्पनीले जागिर उपलब्ध गराउनुपर्ने उहाँको माग छ । स्काभेटरको कागजपत्र कार्यालयसँग रहेको गणेशपुर इप्रकाका इञ्चार्ज प्रहरी निरीक्षक नवीन पौडेलले बताउनुभयो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !