२६ बैशाख २०८१, बुधबार

प्रशान्तको महाकवि “विद्रोहि साहिँलो” विमचन


Capture

१ पुस, काठमाडौं । प्रशान्त डङ्गोलको महाकवि विद्रोहि साहिँलो विमचन भएको छ । शनिवार त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र शंकायको अडिटोरियल हलमा भएको कार्यक्रममा डा. जगदीश चन्द्र भण्डारीले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

डा.माधव सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान ग्रन्थ इथिक्स थ्यौरी एन्ड ट्रेडिसन र प्रशान्तको संयुक्त प्रयासमा उक्त पुस्तकको विमोचन भएको हो ।

गौरी पब्लिक रिलेसन एन पब्लिकेसनले आयोजना गरेको उक्त कार्यक्रममा लेखक डंगोलले आफुले पुस्तक लेख्नुको कारण तथा लेखन कार्यको समय अवधि र यसको उदेश्यका बारेमा बताएका थिए ।

लेखक डंगोलले यसअघि ६ वटा साहित्यीक पुस्तकहरु बजारमा ल्याईसकेका छन् । उनको गुटिका फुलहरु(हाइकु संग्रह),कल्पना हराएको छ आज(गजल संग्रह),शिवपुरी खटिका(हाइकु संग्रह) जडिबुटि पहिचान र रोगको निधान अर्णव (कविता संग्रह) लेखिसकेका छन् ।

उनको यो विद्रोहि साईलो नेपालको पश्चिमी क्षेत्रका लागी लेखीएको भएकाले यसबाट आसा रहेको डंगोलको भनाई रहेको छ । नेपालमा मात्रा नभई भारतका केहि ठाँउहरुमा पनि उक्त पुस्तकले बजार पाएको बताएका छन् ।

कार्यक्रमा विभिन्न साहित्यीक क्षेत्रका अगुवा तथा लेखकहरुको उपस्थीती रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !