१५ बैशाख २०८१, शनिबार

म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलको टोली नेपालमा


Nepalpatra

२६ मङ्सिर, काठमाडौँ । प्रेस काउन्सिल नेपालको निमन्त्रणामा म्यान्मा र श्रीलङ्काका प्रेस काउन्सिलका अध्यक्षसहितको नौ सदस्यीय टोली नेपाल आइपुगेको छ ।

ती दुई देश र नेपालबीच सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने उद्देश्यले श्रीलङ्का प्रेस काउन्सिलका अध्यक्ष बन्दुला कोग्गाला वेल्लालागेसहित चार र म्यान्मा प्रेस काउन्सिलका अध्यक्ष ओहन केइङसहित पाँच जनाको टोली काठमाडौँ आएको काउन्सिलले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !