२४ बैशाख २०८१, सोमबार

रुकुम पूर्वमा थपिए दुई कार्यालय


Nepalpatra

८ मङ्सिर, रुकुम, (पूर्व) । जिल्लामा नयाँ दुई सरकारी कार्यालय थपिएका छन् ।

जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति र जिल्ला जनस्वास्थ्य कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम गरी प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले दुइवटै कार्यालयको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री बरालले ढिलै भए पनि जिल्लामा घरेलु तथा साना उद्योग विकास समितिको स्थापना भएको र अब स्थानीयलाई उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने बताउनुभयो ।

जनस्वास्थ्य कार्यालयबाट भने यो भन्दा अघिबाटै सेवा प्रवाह भइरहेको छ । उहाँले दुइवटै कार्यालयबाट गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन कर्मचारीलाई निर्देशनसमेत दिनुभएको छ । जिल्लामै घरेलु तथा साना उद्योग विकास समितिको स्थापना भएपछि जिल्लावासी खुशी भएका छन् । देश सङ्घीय संरचनामा गइसकेपछि गएको वर्ष असोज १९ गतेबाट रुकुम(पूर्व) ले छुट्टै जिल्लाको मान्यता पाएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !