१३ जेष्ठ २०८१, आइतबार

सभापतिलाई शक्तिशाली बनाउनु गलत : महामन्त्री खड्का


Purna-Bahadur-Khadka-Congress.jpg

१० असोज, विराटनगर । नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सभापतिलाई शक्तिशाली बनाउने गरी विधान संशोधन गर्नु गलत भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विधान संशोधन समितिका संयोजकसमेत रहनुभएका खड्काले तीन किसिमका सुझाव आएको समितिले सर्वसम्मत रुपले सुझाव ग्रहण गरिने जानकारी दिनुभयो । उहाँले पुरानो विधानअनुसार केन्द्रीय समितिका सम्पूर्ण पद निर्वाचन र सभापतिले सम्पूर्ण पद मनोनीत गर्नेजस्ता सुझावलगायत अन्य विकल्पलाई समितिभित्र छलफल गरी सर्वसमितिले निर्णय गरिने बताउनुभयो ।

महामन्त्री खड्काले संविधानले व्यवस्था गरेअनुसार माथिदेखि तलसम्म समावेशी, समानुपाति रुपले विधान संशोधन गरिने बताउनुभयो । साढे तीन महिनामा मुलुकका ७७ जिल्लामा क्षेत्रीय समितिदेखि गाउँ समिति, भ्रातृ सङ्गठनबाट आवश्यक सुझाव लिएको बताउँदै उहाँले असोज ८ देखि १३ गतेसम्म मुलुकका १२ स्थानमा सङ्कलन गरिएका सुझाव समितिले ग्रहण गर्ने जानकारी दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !