१८ बैशाख २०८१, मंगलबार

झापामा करेन्ट लागेर एक जना युवकको मृत्यु


करेन्ट लागेर

झापा । झापाको बाह्रदर्शी गाउँपालिका-६ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !