२२ बैशाख २०८१, शनिबार

वीरगन्जमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी


जिल्ला प्रशासन कार्यालय पर्सा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही स्थानमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले महानगरपालिकाको केही स्थानमा आज सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको बताएका हुन् । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति सिर्जना भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ । रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादले झडपको रूप लिनसक्ने भन्दै कर्फ्यु जारी भएको हो ।

यस्तो छ हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय पर्साले निकालेको सूचना

जिल्ला प्रशासन कार्यालय पर्साले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !